रहेनन् पर्यटन व्यवसायी रामराज, सांसद पहारीलाई शोक
काठमाडाैं | असार ५, २०७९
गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शोक परेको छ । उहाँका पिता रामराज पहारीको ७६ वर्षको उमेरमा निधन भएको हो ।
पर्यटन व्यवसायमा लामो समयदेखि आबद्ध रहेका पहारी राजनीति र समाजसेवामा सकृय थिए । केहीअघि हृदयघात भएपछि विरामी परेका पहारीको अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेको थियो ।
उहाँको पोखराको लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएको हो ।
स्वर्गीय पहारीका २ श्रीमती, ३ छोरा र १ छोरी छन् । उनको पार्थिव शरिरलाई शान्तिघाटमा दाहसंस्कार गरिनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

